डोटीबाट एकीकृत समाजवादीका प्रेम आले विजयी

हिमालय टाइम्स
Read Time = 1 min

डोटी । डोटीबाट नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले निर्वाचित हुनुभएको छ । बिहीबार बिहान मतगणना सम्पन्न हुँदा आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराउनुभएको हो ।

सत्ता गठबन्धनका साझा उम्मेदवार आलेले २७ हजार २१० मत प्राप्त गर्नुभयो। एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाउनुभयो ।

राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रसाद जोशीले १०४ मत प्राप्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?