नुवाकोटमा उपमेयर कप

Read Time = 3 mins

काठमाडौं । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा उपमेयर कप तथा शहीद स्मृति छैटौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता बेलकोटगढीमा सुरु भएको छ ।

प्रतियोगितामा आठ टिमका खेलाडीको सहभागिता रहेको छ । नेपाल हाप्किडो संघका केन्द्रीय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरले मंगलबारदेखि ५ जेठसम्म सञ्चालन हुने प्रतियोगिताको माध्यमबाट नेपालको इज्जत, प्रतिष्ठा र खेल क्षेत्रको गौरव बढाउने विश्वास गरिएको बताउनुभयो ।

राष्ट्रिय प्रतियोगिताबाट युवाहरूमा खेलप्रति आकर्षण, शिक्षामा जागरण, चेतनाको विकास, एकताको सन्देश, खेलले सामाजिक रूपान्तरणलाई जोड्न सक्छ र खेलबाट नुवाकोट जिल्लाको पहिचान, खेल पर्यटकको हब बन्ने कुरामा उहाँले विश्वास व्य क्त गर्नुभयो ।

अध्यक्ष घर्ती मगरले स्थापनाकालदेखि नै नेपालको ग्रामीण भेगमा बढीभन्दा बढी कार्यक्रम गर्दै आएको बताउनुभयो । आगामी असोज महिनामा नेपाल मार्शल आर्ट्स हाप्किडो संघको स्थापना दिवसको अवसरमा दाङ जिल्लामा सातौँ राष्ट्रिय हाप्किडो प्रतियोगिता आयोजना गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रवीण गुरुङले राख्नुभएको थियो । हाप्किडो राष्ट्रिय प्रतियोगिताको समग्र वस्तुस्थिति, महत्व र तयारीबारे गुरुङले जानकारी गराउनुभयो । नुवाकोट जिल्ला हाप्किडो संघका अध्यक्ष मनोज लामाको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न सामाजिक संघसंस्थाका व्यक्तित्व हाप्किडो खेल पदाधिकारी, निर्णायक, रेफ्री, प्रशिक्षक, खेलाडी र जनसमुदायको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?