ढल्केबरमा पनि नाडाको विरोध प्रदर्शन

Read Time = 2 mins

काठमाडौं । नाडाको मधेश प्रदेशको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालले धनुषाको ढल्केबरमा सरकार तथा नेपाल राष्ट्र बैंकविरुद्ध धर्ना कार्यक्रमको आयोजना गरेको छ । राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण समस्यामा परेको भन्दै नाडाले देशव्यापीरूपमा आन्दोलन गर्दै आएको छ । सोही क्रममा ढल्केबरका उद्योगी व्यवसायीले हात-हातमा प्लेकार्ड बोकेर पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए ।

मिथिला उद्योग वाणिज्य संघ, नाडा र जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मौद्रिक नीति परिमार्जन गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देऊ, जसले कर तिरेको छ, उसलाई पेल्ने र हेप्ने ?, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर, बैंकहरूले गरेको बदमासीको सजाय व्यापारीलाई किन ? लेखिएको प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

सरकारले उद्योगी व्यवसायीमाथि अत्याचार गरेपछि बाध्य भएर आन्दोलनमा होमिनुपरेको जानकी अटोमोबाइल्स, मधेश प्रदेशका अध्यक्षसमेत रहनुभएका मिथिला उद्योग वाणिज्य संघ ढल्केबरका अध्यक्ष तेजनारायण साहले बताउनुभएको छ । कर्जाको ब्याजदरमा भएको अस्वाभाविक वृद्धिले उद्योग व्यवसाय नै धराशायी बन्दै गएकाले विरोधमा उत्रिनुपरेको भन्दै उहाँले राष्ट्र बैंकले मौद्रिक नीति नसच्याएसम्म चरणबद्ध आन्दोलन जारी रहने बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?