चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । चलचित्र सरी ममको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । १ मिनेट १९ सेकेण्डको ट्रेलरमा सामाजिक विषयवस्तुहरुको उठान गरिएको छ ।

लागुऔषध बिरुद्धको सन्देशसहित सामाजिक तथा पारिवारिक कथामा निर्माण भएको फिल्ममा प्रमुख कलाकारकाे रुपमा सरिता लामिछाने र सरोज खनालको अभिनय रहेको छ । चलचित्रमा परिवारको सदस्य दुर्व्यसनीमा परेपछि उत्पन्न हुने परिस्थिति र त्यसले सम्बन्धित किशोर र परिवारमा पार्ने प्रभावको कुरालाई समेटिएको छ ।

किशोरावस्था उमेरलक्षित चलचित्रको सार्वजनिक ट्रेलरले कुलतबिरुद्धको सन्देश बोल्छ । कार्यक्रममा बोल्दै नायिका सरिता लामिछानेले किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको भन्दै चलचित्र उत्कृष्ट रहेकाले दर्शकको मन जित्ने बताउनु भयो । उहाँले फिल्मले सामाजिक कथावस्तुको उजागर गरेकाले लक्षित वर्गमा यसको प्रभाव पार्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा नायिका करिश्मा मानन्धरले फिल्म सरी ममले दर्शकको माया धेरै पाउनेमा विश्वस्त रहेको बताउनु भयो । चलचित्र सन्देशमुलक भएकाले सबैले हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कलाकार क्षेत्रमा दिग्गज मानिने व्यक्तित्वहरु चलचित्रमा रहेकाले र लागुऔषध बिरुद्धको अभियानमा यसले सहयोग पुग्ने बताउनु भयो ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने संगै एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय रहेको छ । फिल्ममा दीर्घ गुरुङको छायाङ्कन र प्रितम पाण्डेको सम्पादन छ । आयुष बुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मको निर्मातामा खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?