रीताका पाँच गीतका भिडियो सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । रीता महर्जनद्वारा संगीतबद्ध पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतहरूको रचना भाषासेवी, समाजसेवी सुनचाँदी व्यवसायी निरञ्जनरत्न शाक्यले गर्नुभएको हो । सार्वजनिक गरिएको पाँचवटै गीतको भिडियोको निर्देशन नेपालभाषाको म्युजिक भिडियो र चलचित्र क्षेत्रका नाम चलेका निर्देशक रामकृष्ण खड्गीले गर्नुभएको हो ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथी साहित्यकार एवं नेपालभाषा एकेडेमीका भाइस चान्सलर मल्ल के सुन्दरले पानसमा दीप प्रज्वलनगरी गर्नुभएको थियो । पाँच गीतमध्ये चारवटा गीत संगीतकार स्वयं महर्जनले गाउनुभएको छ भने एक गीतमा वरिष्ठ गायक योगेश वैद्यले र अर्को एक गीतमा भुपेन्द्र बज्राचार्यले गायिका रीता महर्जनलाई साथ दिनुभएको छ । यस्तै एउटा गीत भने लोकप्रिय गायिका संगीता शाक्य थापाले गाउनु भएको छ ।

निर्देशक रामकृष्ण खड्गीको निर्देशनमा तयार भएको पाँचवटा गीतको भिडियोया सम्पादन बालकृष्ण बंशीले गर्नुभएको भएको छ भने मेकप उमिशा पाण्डेले गर्नुभएको छ । सार्वजनिक गरिएको पाँच भिडियोमध्ये तीनवटा रकि महर्जन र दुईवटा लुजः सिंहले छायांकन गर्नुभएको हो ।

सार्वजनिक भएका गीतका भिडियोहरूमा ‘अयला अयला’, ‘जिन्दगी होशय् मदया’, ‘हुलय् न याकःचा’, ‘योम्ह छ येकुम्ह छ व वइबले छ’ रहेका छन् । कार्यक्रममा विशेष अतिथी नेपालभाषाको म्युजिक भिडियो क्षेत्रका अग्रज विजय रत्न असंबरेले नेवाः म्युजिक भिडियो क्षेत्रको विकासक्रमबारे प्रकाश पार्नु हुँदै यो क्षेत्रमा रामकृष्ण खड्गीको सक्रियताको प्रशंसा गर्नुभयो । समारोहमा लोकप्रिय एवं वरिष्ठ गायक जुजुकाजी रञ्जितले नेपालभाषाको संगीत क्षेत्रको विस्तृत हुँदै गइरहेकाले खुशी व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?