क्यानडा अध्ययनका लागि काठमाडौँमा शैक्षिक मेला हुने

Read Time = 3 mins

काठमाडौं । क्यानडा अध्ययनका लागि लक्षित गर्दे काठमाडौँमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दै हुनुहुन्छ ।

यी दुई परामर्शदाताबाट  जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरुलाई पनि सम्बोधन गर्ने बताइएको छ । मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रिय रिक्रुट्मेन्ट  प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनुहुने छ ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा  नेपालका तीन विश्वसनिय शैक्षिक परामर्श संस्थाहरु गोरेटो कन्सल्टेन्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वन–स्टप शोलुसनु दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसंग सहकार्य गरि मेलाको आयोजना गर्न लागिएको हो ।

जसमा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरुको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरु, नेपाली विद्यार्थीहरुले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को(अप, पीआरको अवसर साथै पछिल्लो समय पि।टि।ईको बारेमा चलेको भ्रमको यथार्थ बिष्लेषणकोलागि पनि छुट्टै शत्र राखिनेछ ।

मेला कान्तिपथमा अवस्थित एल्लो प्यागोडा होटलमा बिहान ११ बजेदेखि ३ बजेसम्म चल्लेछ । जसमा तीन शैक्षिक परामर्शदाता संस्थाहरुका प्रतिनिधिहरु राम खड्का, धिरज कँडेल,  सतिस भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली, र सरु आचार्यले विद्यार्थीहरुलाई शैक्षिक कार्यक्रम लगायतका विषयमा जानकारी दिनुनहुने छ। सो अवसरमा क्यानडाली अध्यागमन परामर्शदाता आइसी आर सीका रजिष्टर्ड कानुनी सल्लाहाकार कृति खड्काले पनि क्यानाडा स्थाई बसोबास सम्वन्धित उठेका प्रश्नहरुलाई सम्बोधन गर्नुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?