वान्डरर्ससँग लिभरपुलको लज्जास्पद हार

Read Time = 2 mins

लिभरपुल । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लज्जास्पद हार बेहोरेको छ । शनिबार राती भएको खेलमा लिभरपुलले वुल्भरहृयाम्पटन वान्डरर्ससँग ३-० को हार बेहोरेको हो । खेलमा वुल्भरहृयाम्प्टनलाई विजयी गराउन क्रेग डसन र रुबेन नेभेसले एक-एक गोल गर्दा लिभरपुलकै जोएल माटिपले एक आत्मघाती गोल गर्नुभएको थियो ।

खेलको पाँचौँ मिनेटमा लिभरपुलका माटिपले आत्मघाती गोल गरेपछि वुल्भरहृयाम्प्टनले अग्रता बनाएको थियो । १२औँ मिनेटमा डसनले गोल गर्दै वुल्भरहृयाम्प्टनलाई दोब्बर अग्रता दिलाउनुभयो । त्यसपछि ७१औँ मिनेटमा नेभेसले गोल गर्दै वुल्भरहृयाम्प्टनलाई ३-० को जित दिलाउनुभयो ।

जितसँगै वुल्भरहृयाम्प्टन २१ खेलबाट २० अंक जोडेर १५औँ स्थानमा उक्लिएको छ । पराजित लिभरपुल २९ अंक जोडेर १०औँ स्थानमा यथावत् छ । प्रिमियर लिगका अन्य खेलहरूमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई २-१ ले हराउँदा लेस्टर सिटीले एस्टन भिल्लालाई ४-२ ले पराजित गरेको छ । यसैगरी ब्रेन्टफोर्डले साउथहृयाम्प्टनलाई ३-० ले पराजित गर्दा ब्राइटनले बर्नमाउथलाई १-० ले हरायो । वेष्टहृयाम युनाइटेड र न्युकासल युनाइटेडले १-१ गोलको बराबरी खेलेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?