पदक विजेता उमा कुङफु खेलाडी सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उमा कुङफु संघले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आइतबार सम्मान गरेको छ । इङ्ल्यान्डमा मे १५ तारिखमा भएको प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले नेपाललाई तीन स्वर्ण पदक दिलाए ।

सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दोहोरो स्वर्ण जित्नुभयो । भुपेन्द्र गुरुङले चाइनिज फम्र्सको छाङ छ्वानमा पहिलो स्थान हात पार्नुभयो । सोही प्रतियोगितामा जजको भूमिका निर्वाह गर्नुभएका नेपाल उमा कुङफु संघका अध्यक्षसमेत रहनुभएका अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा पनि सम्मानित हुनुभयो ।

त्यसै कार्यक्रममा स्थानीय निर्वाचन-२०७९ मा तारकेश्वर नगरपालिकाको मेयरमा निर्वाचित काठमाडौं जिल्ला उमा कुङफु संघका अध्यक्ष कृष्णहरि महर्जनलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक एवं नेपाल उमा कुङफु संघका सचिव रमेश महर्जन, नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सञ्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, पूर्वअध्यक्ष उद्धव थापा मगर, उमा कुङफुका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठलगायतले एक कार्यक्रमबीच प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो । भुपेन्द्र भने हाल इङ्ल्यान्डमै रहेकाले कार्यक्रममा उपस्थित हुनुभएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?