पाँच हजार एक सय पाँच उचाइमा छायांकन गरिएको ‘तिलिचो ताल’ गीत सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायांकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एक सय पाँच उचाइमा तिलिचो हिमालको काखमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

पूर्वश्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राईलगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाइमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्बम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी गीता अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाइमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायांकन गरेर सार्वजनिक गरिएकोमा डा.उपाध्यायलाई बधाई तथा शुभकामना दिनुभएको थियो । सागर अधिकारी ‘शरद’को स्वर तथा छायांकन, भेषप्रसाद श्रेष्ठको संगीत, देवेन्द्र नेवाःको एरेञ्ज र कुमार केसीको माष्टरिङ रहेको छ गीतमा ।

महेन्द्र चन्दको ‘माइकल’को निर्देशन रहेको गीतको भिडियोमा पुष्प खडका र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन र अनिता ग्वाच्छाको शृंगार रहेको भिडियो डीआर क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?