‘स्पेस एण्ड डिजाइन एक्सो’ हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजनमा दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्सो’ नामक प्रदर्शनी आयोजना हुने भएको छ । आगामी २५ र २६ गते ललितपुरको लबिम मलमा आयोजना हुने प्रदर्शनी प्रतियोगितामा आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियरसम्बन्धी सिर्जनाहरू प्रदर्शनी प्रतिस्पर्धामा राखिनेछ ।
विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उद्घाटन, प्रमाणपत्र तथा पुरस्कार वितरण र दीक्षान्त गरेर कार्यक्रम तीन चरणमा आयोजना हुने आयोजकले जनाएको छ ।

बर्जर पेन्टस् र प्राइम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनिमा सहभागी ३० विद्यार्थीले थेशिश प्रोजेक्टको रूपमा आफ्नो कला प्रदर्शनिमा प्रस्तुत गर्नेछन् भने अर्काे ३० विद्यार्थी कार्यक्रमको समापनसँगै दीक्षान्त समारोहमा सहभागी हुनेछन् । जहाँ उनीहरूलाई व्यावसायिक इन्टेरियर डिजाइनरको पदवी प्रदान गरिनेछ । बाँकी विद्यार्थीले क्याफे डिजाइन थिममा रेस्टुरेन्ट र क्याफेहरू कसरी आकर्षक डिजाइन गर्न सकिन्छ भनेर प्रस्तुत गर्ने आईआईएफटीकी कार्यकारी निर्देशक विपना थापाले जानकारी दिनुभयो ।

प्रदर्शनिमा सहभागी इन्टेरियर डिजाइन अध्ययन गरेका र प्रदर्शनिमा सहभागी थेशिश प्रोजेक्ट र क्याफे डिजाइन थिममा आफ्नो सिर्जनाहरू पस्किनेलाई तीन-तीनजना सहभागीलाई प्रथम, दोस्रो र तेस्रो छनौट गरेर नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?