-निरोज कोइराला
भोजपुर । बर्षातका कारण पहिरो खसे पछि संखुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर दक्षिण सडक अवरुद्ध हुन पुगेको छ । लगातारको वर्षातले पहिरो जान थाले पछि मकालु गाउँपालिका वडा नम्वर ३, सम्माटारमा पहिरो खसेको छ ।
निरन्तरको बर्षातका कारण खाँदवारी किमाथांका सडक खण्ड अन्तर्गत मकालु गाउँपालिकाको सम्माटारमा शुक्रबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । त्यस क्षेत्रमा बर्षात पनि भईरहेको छ भने जिल्लामा पनि दुई दिनदेखि बर्षा भईरहेको छ ।
मौसममा पनि सुधार नआएको र बर्षात पनि भई रहेकाले अवरुद्ध सडक हटाउन समस्या भएको सडक कार्यालयका प्रमुख इन्जिनियर दिपेश रजकले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षातका कारण पहिरो गएर अवरुद्ध भएको सडक सफा गरी संचालनमा आउनका लागि केहीदिन लाग्छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा मकालु गाउँपालिका क्षेत्रका स्थानीयहरुलाई आवतजावतमा समेत समस्या भएको छ । पहिरो जाने क्षेत्र भएकाले त्यस क्षेत्रमा समय समयमा सडक अवरुद्ध हुने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच