‘सुपर डान्सर नेपाल’को डिजिटल अडिशन सुरु

Read Time = 3 mins

काठमाडौं । फेन्चाइज शो ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएसँगै डिजिटल अडिशन सुरु भएको छ । इटहरी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा हुँदै गत शनिबार काठमाडौंमा भव्य अडिशनसँगै ‘सुपर डान्सर नेपाल’को फिजिकल अडिशन सकिएको हो । काठमाडौंको अडिशन आयोजकले अपेक्षा गरेभन्दा उत्साहजनक भएको बताईएको छ ।

काठमाडौं अडिशनमा ३ सय प्रतिस्पर्धीले सहभागिता जनाए । ‘सुपर डान्सर’को क्रेज काठमाडौंमा राम्रो देखिएको आयोजक ए.डी. रिलिज प्रालिकी कम्युनिकेशन्स शेन म्यानेजर रश्मी अग्रवालले बताउनुभयो । अडिशनबाट छानिएका प्रस्तुति पर्दामा प्रदर्शन हुन भने बाँकी छ ।

कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने शोको पहिलो चरण सकिएसँगै अब प्रशारणको तरखर सुरु भएको छ । यस्तै, भोलिदेखि डिजिटल अडिशन हुने अग्रवालले जानकारी दिनुभयो । छुटेका र थाहा नपाएका ट्यालेन्टहरुलाई पुनः अवसर दिने हेतुले डिजिटल अडिशन राखिएको उहाँले बताउनुभयो । डिजिटल अडिशनमा भाग लिन एकदेखि डेढ मिनेटसम्मको डान्स भिडियो इमेल गर्न सकिनेछ ।

फिजिकल अडिशन दिएका प्रतिस्पर्धीले डिजिटल अडिशन दिने पाउने छैनन् । भिडियो प्रष्ट बुझिने र क्वालीलिमा हुनुपर्ने बताइएको छ । भिडियो पठाउँदा नाम, ठेगाना, उमेर र सम्पर्क नम्बर पनि उल्लेख गर्नुपर्ने आयोजकले जनाएको छ । असार १ गतेदेखि सुरु हुने डिजिटल अडिशन असार ७ गतेसम्म हुनेछ ।

‘सुपर डान्सर’ अहिलेसम्मकै सबैभन्दा ठूलो तथा सर्वाधिक रुचाइएको भारतीय टेलिभिजन रियालिटी शो हो । नेपालका लागि औपचारिक रूपमा ‘सुपर डान्सर नेपाल’ फ्रेन्चाइज शो उत्पादन, बजारीकरण र प्रशारणको सर्वाधिकार ए.डी. रिलिजको छ । ए.डी. रिलिजले विभिन्न भूमिकामा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रशारण गर्दै आएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै ठूलो भारतीय फ्रेन्चाइज शो नेपालमै नेपाली प्रतिस्पर्धी डान्सरहरु खोज्दै उनीहरुको क्षमता विश्वसामु प्रस्तुत गर्ने जमर्को ए.डी.रिलिजले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?