डा.उपाध्यायको ‘ए मेरो हजुर’ कृष्ण लीलामा

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘कृष्ण लीला’मा समावेस रहेको गीत ‘ए मेरो हजुर’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायक पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ । रवि ओड र सुनिता कार्कीको स्वर रहेको गीतको बाबुल गिरीको संगीत र डा. डी.आर. उपाध्यायको शब्द छ । गीतको भिडियोमा माइकल चन्दको कोरिग्राफी, उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन छ ।

गीत सार्वजनिक भएपछि नायक पुष्प खड्काले मौसमसँग च्यालेन्ज गरेर भिडियो बनाइएकाले उत्कृष्ट रहेको बताउनुभयो । भिडियोको सुटिङ पाँच हजार दुई सय मिटिरको उचाइमा भएको बताउनुभयो । त्यस्तै, मोडेल श्रद्धा क्षेत्रीले गीतले राम्रो चर्चा पाउनेमा आशावादी रहेको बताउनुभयो । गायक रवि ओडले म्युजिक भिडियोको लागि भनेर गीत गाए पनि पछि चलचित्रमा हाल्ने कुराले उत्साहित बनाएको बताउनुभयो ।

प्रेमकथामा आधारित यो चलचित्रको ट्रेलर सार्वजनिक हुने तयारीमा छ । निर्देशक दीपक ओलीले चलचित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गर्नुभयो । प्रकाशराज कार्की र केवल तामाङले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुनुहुन्छ । यो चलचित्र भदौ ३ गते कृष्णजन्माष्टमी छेकोमा प्रदर्शन हुने तयारीमा छ ।

गीत तिलिचो ताल आसपास छायाँकन गरिएको छ । गीतको भिडियो डीआर म्युजिक क्रियशनमार्फत सार्वजनिक गरिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?