‘के घर के डेरा’को छायांकन सकियो

Read Time = 3 mins

काठमाडौं । यसै वर्ष प्रदर्शन हुने भनिएको दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को छायांकन सकिएको छ । मंगलबार राजधानीको नेपाल कला परिषद्मा चलचित्रको अन्तिम दृश्यको छायांकन गर्दै सम्पूर्ण छायांकन सकिएको होे । निर्देशक खनालका अनुसार क्यामेरा अन भएको ३३औं दिनमा सिनेमाको छायांकन सकिएको जानकारी गराउनुभयो ।

निर्देशक खनालले आफ्नो सोचअनुसारै चलचित्र निर्माण भएको बताउनुभयो । चलचित्रका कलाकारले आफुलाई राम्रो साथ दिएकाले पनि ‘के घर के डेरा’को रिजल्ट राम्रो निस्किनेमा विश्वस्त रहेको निर्देशक खनालको भनाइ छ । आफ्नो हरेक चलचित्रमा दर्शकले पाउने सम्पूर्ण खुराक ‘के घर के डेरा’मा पाउने विश्वास व्यक्त गर्नुभयो चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामै गरिएको छ ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुनुहुन्छ । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रूपमा रहनुभएको छ । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेख्नुभएको हो । चलचित्रले काठमाडौंमा बस्ने सम्पूर्णको जीवनसँग मिल्दोजुल्दो हुने भन्दै आफ्नो डेरामा बसाइको अनुभव पनि अभिनेता दयाहाङ राई इन्डक्ल्यापमा साट्नु भएको छ ।

चलचित्रमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायत कलाकारको अभिनय रहनेछ । चलचित्रमा दीर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, सुव्रत राज आचार्य र डिपी खनालको गीत रचना, दीर्घ खड्काको सम्पादन, यामप्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रूपमा रहनु हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?