सुमनको निर्देशनमा ‘छोराछोरी विदेशी भूमिमा…’

Read Time = 2 mins

काठमाडौं । चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत ‘छोराछोरी विदेशी भूमिमा...’को भिडियो यतिबेला दर्शकमाझ ल्याउनुभएको छ । सात वर्षदेखि अमेरिकामा बस्दै आउनुभएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेख्नुभएको हो ।

गीतलाई बाल कलाकार जेनिस उप्रेतीले गाउनुभएको छ । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ । अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको गीतको भिडियोलाई सम्राट क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै विदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उहाँहरूलाई त्यहाँ रहेका बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोइराला, दर्शना कोइराला र फ्लोरिशा तिमल्सिनाले साथ दिनुभएको छ । पवन गौतमको छायांकन रहेको भिडियोमा सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकास सुवेदीको प्राविधिक सहयोग तथा उत्सव उप्रेतीको ड्रोन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?