सुस्ताउँदै विकासको गति, असारमा मात्रै ४० प्रतिशत बजेट खर्च

हिमालय टाइम्स
Read Time = 6 mins

विवेक खड्का/हिटा
दाङ । आर्थिक वर्षको अन्तिममा सरकारी बजेट बढी खर्च हुने परम्परालाई दाङले पनि कायमै राखेको छ । प्रदेश सरकार मातहतका दाङमा भएका कार्यालयले चालु आवको असार महिनामा मात्रै विकास बजेटको ४० प्रतिशत हिस्सा खर्च गरेका छन् । जिल्लाका सरकारी कार्यालयहरूको कुल पुँजीगत बजेट तीन अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमै ९२ करोड १९ २५ हजार आठ सय ११.८९ लाख खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङको तथ्यांक छ । वर्षभरिमा भने कुल बजेटमध्ये तीन अर्ब ८७ करोड पाँच लाख पाँच हजार आठ सय ५९.८७ रूपैयाँ खर्च गरेका छन् ।

यो तथ्यांकले केन्द्रमा जस्तै प्रदेशमा पनि असार लागेपछि मात्र हतार-हतारमा विकास निर्माणमा बजेट खर्च हुने प्रवृत्ति देखिएको छ । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन् । चालुतर्फको बजेट एक करोड ४८ लाख २४ हजारमध्ये असारमा १६ लाख ५० हजार ६ सय ७६.२९ र वर्षभरि १८ लाख ९२ हजार तीन सय ३५.६९ रुपैयाँ खर्च गरेको तथ्यांक छ । पुँजीगत-तर्फको बजेट ९३ लाख १० हजारमध्ये असारमा हजार ८२ हजार दुई सय १०.५० र वर्षभरि एक करोड ११ लाख ७४ हजार तीन सय ४६.१९ रुपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्षमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले कम खर्च गरेको छ । चालुतर्फको बजेट २० करोड ५५ लाख ९७ हजारमध्ये असारमा चार करोड ७४ लाख ९४ हजार तीन सय ४८.२९ र वर्षभरि नौ करोड ४२ लाख ३३ हजार नौ सय ८६.०२ रुपैयाँ खर्च गरेको तथ्यांक छ । पुँजीगततर्फको बजेट २९ करोड ८५ लाखमध्ये असारमा एक करोड ७२ लाख ३९ हजार तीन सय १२.७३ र वर्षभरि एक करोड ८५ लाख ९८ हजार चार सय १२.७३ रुपैयाँ खर्च गरेको छ ।

सरकारी कार्यालयको असारे विकास प्रभावकारी नहुनुका साथै गुणस्तर पनि नहुने गरेको सरोकारवाला बताउँछन् । ‘वर्षभरि मजाले बस्ने अनि जब असार लाग्यो, तब विकासे काममा तात्तिनुको कुनै अर्थ छैन,’ स्थानीय अगुवा घोराही–१७ का दीपक चौधरीले भन्नुभयो, ‘यो विकृतिलाई जरैबाट उखेलेर फाल्न जरुरी छ ।’

६३ प्रतिशत मात्रै पुँजीगत खर्च
जिल्लामा प्रदेश सरकारको करिब ६३ प्रतिशत पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पँुजीगततर्फ तीन अर्ब ७४ करोड ८५ लाख ९१ हजार बजेट आएकोमा दुई अर्ब ३४ करोड ८६ लाख ६८ हजार २९५ रुपैयाँँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनुभयो ।

चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा एक अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म एक अर्ब ५२ करोड ६० लाख ६९ हजार ५७५ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी, प्रदेश सरकारअन्तर्गत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

३८ प्रतिशत बजेट खर्च भएन
आव २०७८/७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन । कुल पाँच अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये एक अर्ब ४० करोड १७ लाख ११ हजार ७५२ रुपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ । स्थानीय निर्वाचन, सार्वजनिक खरिद नियमावली ११औँ संशोधन, निर्माण सामग्रीको मूल्यवृद्धिलगायत कारण विनियोजित बजेट लक्ष्यअनुरूप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताउनुभयो । बजेटको आकारका हिसाब विनियोजित बजेट शतप्रतिशत खर्च हुनुपर्ने हो । तर। लक्ष्यअनुुरूप खर्च नहुँदा विकाससमेत प्रभावित भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?