स्व. गायक कडायतको पुण्य तिथिमा परिवारलाई सहयोग

हिमालय टाइम्स
Read Time = 3 mins
A A- A+

काठमाडौं । वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आर्थिक सहयोग प्रदान गरेको छ ।

सोमबार गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो । शोक सभामा प्रतिष्ठानको नेपाल कलाकार कल्याणकारी कोषबाट प्राप्त २५ हजार नगर रकम स्वर्गीय कडायतका परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पूर्वप्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा), प्रतिष्ठान केन्द्रीय सदस्य नवीनसिंह धामी, प्रदेश प्रथम उपाध्यक्ष दीर्घ फुलारालगायतले कडायतप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

डोटेली कान्छाले लोक संगीतका धरोहर गुमाउँदा अत्यन्तै मर्माहत बनाएको बताउनुभयो । उहाँले कडायतको गायकीको चर्चा गर्नुभएको थियो । शोक सभामा गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर कुँवर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष पूर्ण भाट, प्रदेश सदस्य लोकेश खनाल, कोमल ओली, माधवी घर्तीमगर, कल्पना ढुंगाना, प्रतिष्ठान बैतडी जिल्ला अध्यक्ष प्रेमविवश चन्दलगायतको उपस्थिति थियो । बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका-२ मुम्लामा जन्मिनुभएका ५४ वर्षको उमेरमा मस्तिष्कघातका कारण धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कडायतको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?