नेकपा एसको काभ्रेपलाञ्चोक अध्यक्षमा हुमागाईं

Read Time = 1 min

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा एसको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं चयन हुनुभएको छ ।

शनिबार पार्टीको पाँचौं बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो ।

बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ । हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव हुनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?