‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक गरिएको छ । देवेन्द्र पाण्डेद्वारा निर्देशित चलचित्रको सार्वजनिक ट्रेलरमा जातीय विभेदले समाजलाई कसरी कुरूप बनाएको छ भन्ने देखाइएको छ ।

ट्रेलरमा प्रेम जोडीको प्रेम र वैदेशिक रोजगारीको कथा समेटिएको छ । सौरपानी मिडिया प्रालिको ब्यानरमा केही संवादसहित निर्माण गरिएको चलचित्रलाई मणि नेपाली पनेरुले निर्माण गर्नुभएको हो । अभिनाश न्यौपाने र श्रेया कार्कीको मुख्य भूमिका रहेको चलचित्रमा मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुल लगायत कलाकारको अभिनय छ ।

६ लोकगीतमा आधारित रहेर निर्माण गरिएको चलचित्रमा क्यानडाका लागि नेपाली सांस्कृतिक दूतसमेत रहनुभएका पूर्ण नेपालीको एकल संगीत छ भने राजु परियार, तुलसी पराजुली, देवी घर्ती, निशा देसार, धर्मेन्द्र सेवान, टीका पुनलगायत गायक–गायिकाको स्वर समावेश गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?