लघुचलचित्र ‘भाउ’ बेलायतको फिल्म फेष्टिभलमा छनोट

Read Time = 1 min

काठमाडौं । नेपाली लघुचलचित्र ‘भाउ’ (कस्ट् अफ लिभिङ) बेलायतको फस्ट टाइम फिल्म मेकर सेशन्स एट् पाइनउड स्टुडियोज्को छनोटमा परेको छ । यो करियर बनाउन चाहने जो कोहीका लागि लञ्चप्याड सिर्जना गरी खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो ।

लामो समयदेखि चलचित्र तथा टेलिचलचित्रमा अभिनय गर्नु भएका कलाकार सुवासप्रसाद गजुरेलले यस लघुचलचित्रमा मुख्य कलाकारको रूपमा भूमिका निर्वाह गर्नुभएको छ । चलचित्रको अन्य कलाकारमा सुजिता शाह, रेनुका कार्की र सुमन थापा हुनुहुन्छ ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको लघुचलचित्र ‘भाउ’को लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मी समेत रहनुभएका मोहन अभिलाषीले गर्नु भएको हो । लघुचलचित्रको छायांकन नारायण जिसीले गर्नुभएको हो भने सहायक निर्देशन करण साउदले गर्नुभएको छ । कवाडीवालाको कथा रहेको ‘भाउ’मा मानिसको जीवनको मूल्य र मानिसको जीवनयापनका लागि हुने लागतलाई दर्शाउन खोजिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?