टेलिकमको दशैं अफर

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको महान् चाडका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको दशैं अफर ल्याएको छ । अफर असोज २३ गतेसम्म उपलब्ध हुनेछ । डाटा प्याकअन्तर्गत दुई सय ९४ रुपैयाँमा २० जिबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा छ जिबी डाटा तीन दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ ।

त्यसैगरी एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने एक एमबिपिएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ । उल्लेखित प्याक जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत् रिचार्ज गर्दा बोनसका रूपमा डाटा प्याक उपलब्ध हुनेछ । दुई सयदेखि चार सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने पाँच सय एमबी र पाँच सयभन्दा बढीको रिचार्ज गर्दा चार दिनभित्र प्रयोग गर्न सकिने एक हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

त्यसैगरी पहिलोपटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने दुई सय मिनेटको निःशुल्क भोल्टे सेवा पनि उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?