फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा नोराको प्रस्तुति रहने

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री नोरा फतेहीले फिफा विश्वकपको गीत ‘लाइट द स्काई’ मा आफ्नो प्रस्तुति दिने हुनुभएको छ । कतारमा हुन लागेको फिफा विश्वकप फुटबल २०२२ मा नोराले प्रस्तुति दिने हुनुभएको हो ।

नोराले फिफाको उद्घाटन र समापन समारोहमा आफ्नो प्रस्तुति दिनुहुनेछ । साथै उहाँले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नृत्य गर्नुहुने पनि एजेन्सीहरूले उल्लेख गरेका छन् ।

यसअघि जेनिफर लोपेज र सकिराजस्ता विश्व प्रसिद्ध सेलिब्रिटीले विश्वकपमा आफ्नो प्रस्तुति दिइसक्नु भएको छ । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप एसियाली राष्ट्र कतारले आयोजना गरेको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?