उर्फी जावेद ‘टपलेस

Read Time = 2 mins

मुम्बई । अभिनेत्री उर्फी जावेद आफ्नो ‘फेसन सेन्स’ र फरक ‘आउटफिट’का कारण चर्चामा रहने गर्नुहुन्छ । उहाँ आफ्नो असामान्य लुगाका कारण धेरैपटक ‘ट्रोल’ पनि हुनुभएको छ । तर, उर्फीले यस्ता कुराको वेवास्ता गर्दै इन्स्टाग्राममा नयाँ-नयाँ पोष्ट गर्नुहुन्छ ।

इन्स्टामा उहाँको ‘फ्यान फलोइङ’ पनि राम्रै छ । उर्फीलाई इन्स्टाग्राममा मात्रै ३५ लाखभन्दा बढीले फलो गरेका छन् । आफ्नो ‘बोल्ड मुड’का लागि चर्चित यी अभिनेत्रीले इन्स्टाग्राममा नयाँ भिडियो शेयर गर्नुभएको छ । नायिकाले आफ्नो नयाँ स्टाइलले सबैलाई चकित पार्नुभएको छ । यस भिडियोमा उर्फीले आफ्नो शरीरलाई दुईवटा शंखले ढाक्नुभएको छ । यससँगै उहाँले सुन्तला रंगको बिकिनी लगाउनुभएको छ ।

यो भिडियोबाट उहाँले प्रमाणित गर्नुभएको छ कि उर्फीलाई कुनै कुराले रोक्न सक्दैन । यो भिडियो शेयर गर्दै उर्फीले क्याप्सनमा लेख्नुभएको छ, ‘लुगा होइन, जे पनि लगाऊ ।’ यो भिडियो निक्कैले कमेन्ट गरेका छन् । बिग बोस ओटीटीमा सहभागी भएपछि उर्फी चर्चामा आउनुभएको हो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?