व्यापार घाटा कम गर्न सरकार उदासीन

Read Time = 10 mins

✍️ डा.सुमनकुमार रेग्मी

आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा निकासी व्यापार, मुद्रासञ्चिति, वैदेशिक लगानी, मुद्रास्फीतिमा त्यति विधि सुधार आएको देखिँदैन । २०७९/०८० को प्रथम दुई महिनामा निर्यात् बढ्न र आयात घटाउन सकिएको देखिँदैन । नेपालले विश्वका एक सय चौसठी देशबाट विभिन्न वस्तु आयात गरेर व्यापार घाटा वार्षिक बजेटभन्दा बढी भएको छ । यसको मतलव वर्तमान कांगे्रस नेतृत्वको गठबन्धन सरकारको ठूलो चुनौती सामाना गर्न सकिएको देखिँदैन ।

आर्थिक वर्ष २०७८/०७९ मा सरकाले १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यसलाई वर्तमान सरकारले केही कम गरेर १६ खर्ब ३२ अर्ब रुपैयाँको समायोजन बजेट ल्याएको थियो । तर, आर्थिक वर्ष २०७८/०७९ मा व्यापार घाटा नै रुपैयाँ १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको छ । २०७८/०७९ मा वार्षिक बजेटभन्दा व्यापार घाटा करिब १ खर्ब रुपैयाँ नै बढी छ । २०७८/०७९ मा नेपालको रुपैयाँ २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरका वैदेशिक व्यापार भएको थियो । जसमा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँको वस्तु आयात गरिएको थियो भने २ खर्ब रुपैयाँको वस्तु निर्यात गरिएको थियो । आव २०७८/०७९ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख रुपैयाँबराबरको थियो । आयात नियन्त्रण गर्दा पनि एकै वर्षमा व्यापार घाटा बढेर कूल बजेटभन्दा बढी व्यापार घाटा हुनु भनेको नेपालमा पूर्णतः आयातीत अर्थतन्त्र भएको प्रमाण हो । आव २०७८/०७९ मा नेपालले पूर्णमूल्यमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँबराबरका वस्तु निकासी गरेको थियो । २ खर्ब रुपैयाँको निकासीमा आधी अर्थात् आयातको पचास प्रतिशत खाने तेलले ओगटेकेको देखिन्छ । नेपालको कूल निकासीको झण्डै पचास प्रतिशत हिस्सा भने भटमास, पाम तेल र सूर्यमुखी तेलले ढाकेको छ ।

व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रबद्र्धन गर्न आवश्यकता रहेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रबद्र्धनमा सघाउ गराउन अघि बढाउन आवश्यक देखिएको छ ।

नेपालबाट भारततर्फ निकासी हुने भटमासको तेल, पाम तेल र सनफ्लावरको हिस्सा नेपालको कूल निकासीको झण्डै पचास प्रतिशत छ । २०७८/०७९ मा ९३ अर्ब ६९ करोड ९६ लाख ६२ हजार रुपैयाँको सोयाबिन, पाम तेल र सनफ्लावर निकासी भएको छ । यो कूल निकासीको ४६.८४ प्रतिशत हो । पाम तेल नेपालमा उत्पादन हुँदैन भने सोयाबिन र सनफ्लावर तेल उत्पादन पनि नगण्य छ । यी उत्पादनले नेपालको माग धान्न नसकेको अवस्था रहेको छ । तेस्रो देशबाट आयतीत सोयाबिन, पाम तथा सनफ्लावर तेलको कच्चा पदार्थ आयातमा नेपालको २०७८/०७९ मामात्र एक खर्ब १५ अर्ब ५५ करोड ७९ लाख १५ हजार रुपैयाँ खर्च भएको छ ।

नेपालले २०७८/०७९ मा ५६ अर्ब १८ करोड ३६ लाखको कच्चा सोयाबिन आयात गरी ४८ अर्ब १२ करोड ४ लाख रुपैयाँको प्रशोधित तेल निकासी गरिएको छ । यस्तै ४१ अर्ब १९ करोड ३४ लाख रुपैयाँको कच्चा पाम आयात गरी ४१ अर्ब ६ करोड ४७ लाख रुपैयाँको निकासी भएको छ । सनफ्लावर आयात गर्न नेपालको अपत्यधिक खपत हुनेभएकाले आयातको तुलनामा निकासी नै कमजोर रहेको छ । सनफ्लावर आयातको कच्चापदार्थ तथा तयारी तेल आयात १८ अर्ब ६४ करोड ५३ लाख रहेको छ भने निकासी मूल्य ४ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । पूरा निकासी मूल्य ४ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

देशको बजेटभन्दा करिब एक खर्ब बढी व्यापार घाटामा रही नेपालले १६४ देशबाट विभिन्न मालवस्तु आयात गर्दा २०७८/०७९ मा व्यापार घाटा वार्षिक बजेटभन्दा बढी रहँदै आएको छ । २०७८/०७९ मा सरकारले १६ खर्ब ४७ अर्बको वार्षिक बजेट ल्याएको थियो । यसलाई देउवा नेतृत्वको सरकारले केही कम गरेर १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट ल्याएको थियो । तर, आधिकारिक तथ्यांकबाट २०७८/०७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख रुपैयाँ पुगेको देखिन्छ । यो बजेटभन्दा करिब १ खर्ब बढी देखिन्छ ।

निर्यातजन्य वस्तुको पहिचान प्रबद्र्धन र बजारीकरणको अभावले वर्षेनी व्यापार घाटा बढेको सरोकारवालाको भनाइ छ । व्यापार घाटा टिठलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता रहेको छ । देशको एक आर्थिक वर्षको बजेट बराबरको प्रतिवर्ष व्यापार घाटा व्यहोर्नु लाजमर्नु अवस्था हो । त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रबद्र्धन गर्न आवश्यकता रहेको छ । व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रबद्र्धनमा सघाउ गराउन अघि बढाउन आवश्यक देखिएको छ । नेपालको मुख्य निकासीका वस्तुमा पेट्रोलियम पदार्थ, फलाम, स्टिल, धातुजन्य पदार्थ, सुन आदिलगायतका वस्तु विदेशबाट आयात गर्ने गरेको छ । विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका वर्षमा वार्षिक एक खर्ब रुपैयाँको खाद्यान्न आयात गर्नुपरेको अवस्था छ । सन् १९८० अगाडि दाल, चामल, ऊन, जुट, अलैँची, काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ । हालका वर्षमा पेट्रोलमात्र २५ अर्बभन्दा बढी आयात भइआएको छ । सुनको आयात पनि त्यत्तिकै हुुने गरेको छ । सम्भावना रहेको पस्मिना, गलैंचाजस्ता वस्तुका उत्पादन बढाई बजारीकरण नहँुदा नेपालको बाहृयबजार सहभागी अंश कमजोर हुँदैछ । अलैंची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता रहेको छ ।

नेपालको वैदेशिक व्यापारमा निर्यात-आयात अनुपात वर्षेनी बढेर गएको छ । विश्वबजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ । त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ । राजनीतिक दलहरूको ध्यान पनि व्यापार घाटातर्फ गएको देखिँदैन किनभने देशमा सधैँ व्यापार घाटा भइरहेको छ तर उनीहरू प्रभावकारी योजना बनाएर व्यापार घाटा क मगर्न सफल भएका देखिएका छैनन् । नेपालमा करोडौं रुपैयाँमात्र होइन अर्बौं-खर्बौं रुपैयाँमा व्यापार घाटा सदाबहार रहँदै आएको छ । प्रत्येक वर्ष नेपालले आफ्नो वार्षिक बजेट बराबरभन्दा बढीको रकमको व्यापार घाटा व्यहोर्दै आएको छ ।

नेपालको व्यापार घाटा वार्षिक करिब १८ खर्ब रुपैयाँ नाघिसकेको छ तर पछिल्ला वर्षमा अझ व्यापार घाटा बढेर गएको छ । बताइन्छ कि मानिसहरूले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले व्यापार घाटा बढेर गएको छ । यदि सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दैलाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्दछ । यसका लागि दीर्घकालीन सोच, ठोस कार्ययोजनासहितको कार्यान्वयन चाहिन्छ । अनिमात्र देशको व्यापार घाटा कम हुन सक्दछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?