प्रतिभा छनोट कार्यक्रम सम्पन्न

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । ओखलढुंगा कला साहित्य समाज तथा ओखलढुंगास्थित खिजीदेम्बा गाउँपालिकाको संयुक्त आयोजनामा ओखलढुंगा जिल्लास्तरीय प्रतिभा छनौट कार्यक्रम सम्पन्न भएको छ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-५ फलाटे बजारमा यही असोज २६, २७, २८ र २९ गते आयोजना भएको कार्यक्रमबाट ओखलढुंगा जिल्लास्तरीय साहित्य, गायन र नृत्यतर्फ फरक-फरक क्षेत्रका प्रतिभाको छनोट भएको कुरा आयोजक ओखलढुंगा कला साहित्य समाजले जनाएको छ ।

खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पा ओखलढुंगा कला साहित्य समाजको पूर्वअध्यक्ष समेत भएका नाताले उहाँले यस कार्यक्रमको आयोजना आफ्नै गाउँपालिकामा गर्ने रुचि राख्नु भएको थियो । उहाँले कार्यक्रम सञ्चालनार्थ गाउँपालिकाबाट ६ लाख रुपैयाँ बजेट विनियोजन समेत गर्नुभएको थियो ।

संस्थाका सल्लाहकार महाप्रसाद खनाल, विनोद दाहाल, चेतनाथ धमला, माधव दाहाल तथा समाजका पदाधिकारीहरू आरबी लामा, रोसन बुढाथोकी, निरुता सेञ्चुरी तथा रोकेनी राई प्रतिभा छनोट कार्यक्रमको निर्णयक रहनु भएको थियो । साहित्यतर्फ विनोद दाहालको संयोजकत्वमा चेतनाथ धमला र माधव दाहाल, गायनतर्फ आरबी लामाको संयोजकत्वमा महाप्रसाद खनाल र माधव दाहाल तथा नृत्यतर्फ रोशन बुढाथोकीको संयाजकत्वमा निरुता सेञ्चुरी र रोकेनी राईले निर्णयकको भूमिका निर्बाह गर्नुभएको थियो ।

कार्यक्रममा समाजका सल्लाहकार वरिष्ठ गायक शक्तिकुमार श्रेष्ठ, सािहत्यकार तथा पत्रकार चेतनाथ धमला, पत्रकार रामनाथ घिमिरे, निरुता सेञ्चुरीलगायत व्यक्तिहरू सम्मानित हुनुभएको थियो । कार्यक्रममको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गम्बु शेर्पा तथा विशिष्ठ अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार प्रा. पुरुषोत्तम दाहाल रहनुभएको थियो । खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा निरन्तर प्रमुख अतिथि तथा समाजका अध्यक्ष राज राई निरन्तर चारैदिन सभापतिको भूमिका रहनुभएको थियो ।

२६ गते प्रतिभा छनौटको पहिलो चरण, २७ गते समाजको साधारणासभा, २८ गते प्रतिभा छनोटको अन्तिम चरणको कार्यक्रम सम्पन्न भएको थियो । साधारणासभामा समाजको कोषाध्यक्ष जीवन बमजनले वार्षिक आयव्ययको विवरण सुनाउनुभएको थियो भने सचिव जितेन्द्र बानियाँले पनि कार्यक्रममा संस्थाको उद्देश्य तथा प्रगति विपवरण सुनाउनु भएको थियो ।

अन्तिम दिन २९ गते छनौट भएका प्रतिभाहरूलाई पुरस्कृत गर्ने तथा चार दिनको कार्यक्रमको समापन गर्ने कार्य भयो । कार्यक्रममा नेपाली कांग्रेसका संघीय संसद्का उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा, नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य तथा ओखलढुंगा प्रदेश सभा ‘क’ का उम्मेदवार प्रदीप सुनुवार, नेकपा एमालेकातर्फबाट संघीय संसद्का उम्मेदवार यज्ञराज सुनुवारलगायत नेताहरूले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । तीन दिनसम्म चलेको प्रतिभा छनोट कार्यक्रमबाट साहित्यतर्फ देव बाहिङ प्रथम, तारा बल ‘सुवर्ण’ द्वितीय, नवीना न्यौपाने तृतीय तथा धनमाया घिमिरे सान्त्वना हुनुभएको थियो भने गायनतर्फ एलिना राई प्रथम, प्रकाशचन्द्र मुलिचा सुनुवार द्वितीय, भूमिका विश्वकर्मा तृतीय तथा सोमवीर तामाङले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।

नृत्यतर्फ युनिसा खड्का प्रथम, सरिस्मा तामाङ द्वितीय, मनिषा राई तृतीय तथा जुनु सुवेदी सान्त्वना हुनुभएको थियो । पुरस्कृत प्रतिभाहरूलाई गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, उपाध्यक्ष सुशीला तामाङ तथा अन्य विशिष्ठ अतिथिहरूले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । उक्त समारोहमा गाउँपालिका अध्यक्ष शेर्पाले ओखलढुंगा कला साहित्य समाजलाई खिजिफलाटेको दुई रोपनी जग्गा भवन निर्माणार्थ प्रदान गर्ने घोषणा गर्नुभएको थियो । पहिला तीन दिनसम्म लगातार ल्हामु शेर्पाले र कार्यक्रम समापनका दिन समाजका महासचिव रामनाथ घिमिरेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । यस कार्यक्रमको व्यवस्थापन संयोजक समाजका उपाध्यक्ष गोपाल सेञ्चुरी रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?