हुम्लामा दुई महिनामा दुई सुत्केरीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

मानबहादुर विश्वकर्मा/हिटा
हुम्ला । गत असोजमा चार दिनदेखि उच्च रक्तश्रावले छटपटाइरहनुभएकी सर्केगाड गाउँपालिका-७ की २४ वर्षकी पवित्रा शाही छत्यालको मृत्यु भयो । गाउँनजिकै स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेपछि उहाँको गाउँमै मृत्यु भएको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रका लागि एयरलिप्टिङ हवाई एम्बुलेन्स दिने व्यवस्था गरे पनि उहाँको सुविधासम्पन्न अस्पतालमा नपुगी मृत्यु भयो ।

यही कात्तिक १५ गते (मंगलबार) हुम्लाको अदानचुली गाउँपालिका-५ काँखे गाउँकी २० वर्षकी रंगीता शाहीको पनि सुत्केरी हुन नसकेर मृत्यु भएको छ । स्वास्थ्य संस्था पुग्न ६ घण्टा लाग्ने भएपछि सुत्केरी हुन नसकेर शाहीको मृत्यु भएको उहाँका आफन्त बलबहादुर शाहीले गुनासो गर्नुभयो । गाउँबाट स्वास्थ्य संस्थासम्म पुर्‍याउन नसक्दा उहाँको मृत्यु भएको बलबहादुरको भनाइ छ ।

पवित्रा र रंगीता दुवैजनाको एक महिनाको फरकमा एउटै बेथाले मृत्यु भयो । उहाँहरूको राम्रो अस्पतालमा पुग्न नपाई मृत्यु भएको आफन्त बताउँछन् । हुम्लामा यातायातको समस्या छ । हवाई यातायातको विकल्प छैन तर जहाजको टिकट पाउन मुस्किल पर्छ । यसले गर्दा बिरामीहरूको समयमै अस्पताल पुग्न नपाई मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?