‘नम्बरी सुन’मा आमेष

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ मा अभिनेता आमेष भण्डारी अनुबन्धित हुनुभएको छ । राजु गिरीको निर्देशनमा निर्माण हुने यो चलचित्रको निर्माण टिम र आमेषबीच औपचारिकरूपमा लिखित सम्झौता भएको हो ।

निर्देशक गिरीका अनुसार चलचित्रले सात दशकअघिको ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । ७ मंसिरबाट छायांकनमा जान लागेको यो चलचित्रबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कमब्याक गर्दै हुनुहुन्छ । लमजुङको भुजुङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा छायांकन हुने भनिएको चलचित्रका लागि अन्य कलाकारको छनोट क्रम जारी रहेको निर्देशक गिरीले बताउनुभयो ।

सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी र शान्तिश्री परियार, प्रमोद खरेललगायत गायक र गायिकाको स्वर रहनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?