जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छुः प्रकाशमान सिंह

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभएकाे छ ।

काठमाडौं महानगर-२९ मा सोमबार विहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनु भएकाे हाे  ।काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेको उहाँकाे भनाई थियाे ।  ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्वर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भन्नुभयाे, ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’

आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उहाँले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताउनुभयाे । उहाँले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी-मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?