जनताको जीवनयापन सरल बनाउन सक्रिय रहन्छुः प्रकाशमान सिंह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कांग्रेसका नेता प्रकाशमान सिंहले विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै अब सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभएकाे छ ।

काठमाडौं महानगर-२९ मा सोमबार विहान आयोजित घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनु भएकाे हाे  ।काठमाडौं १ का मतदाताले आफूलाई सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेको उहाँकाे भनाई थियाे ।  ‘यो क्षेत्रका जनताले मलाई सरकारको ‘नम्वर वान म्यान’ बनेको हेर्न चाहेको बताएका छन्,’ सिंहले भन्नुभयाे, ‘उहाँहरूको चाहना पूरा गर्न म प्रयासरत पनि छु ।’

आफूले काठमाडौं १ मा धेरै विकासका काम गरेको भन्दै उहाँले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताउनुभयाे । उहाँले विजयी भएपछि संकटमा रहेको देशको अर्थतन्त्र समाधान गर्ने र लगानी-मैत्री वातावरण बनाउने दायित्व पूरा गर्ने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…