सप्तरी २- उपेन्द्र यादव सीके राउतभन्दा ६ हजार मतले पछाडि

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले भारी मतान्तरका साथ अग्रता कायमै राख्नुभएको छ । डा। राउत १२७८१ मत ल्याउँदा उहाँको प्रतिष्पर्धी जसपाका अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाउनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ ।

सप्तरी २ मा करिब ६२ हजार मत खसेको थियो । जसमध्ये करिब साढे २३ हजार गणना भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?