अर्जेन्टिनालाई हराएपछि साउदीमा उत्सव, आज सार्वजनिक छुट्टी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अर्जेन्टिनालाई हराएसँगै साउदी अरेबियामा उत्सव घोषणा गरिएको छ । फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार भएको समूह सीको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

साउदी अरेबियाका राजा सलमानले बुधबार सार्वजनिक छुट्टीको घोषणा गरेका हुन् । यो छुट्टी सार्वजनिक र निजी क्षेत्रका सबै कर्मचारीका साथै विद्यार्थीहरुका लागि पनि लागू हुनेछ ।

मंगलबार साउदीले दुईपटकको विश्वविजेता अर्जेन्टिनामाथि ऐतिहासिक जित हात पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?