उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपैयाँ कायम गर्न माग

Read Time = 2 mins

सर्लाही । सर्लाहीका उखु किसानले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपियाँ कायम गर्न माग गरेका छन् ।

मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु किसानले जिल्लाकै ठूलो इन्दुशंकर चिनी उद्योग हरिवनमा आज ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल ७०५ रुपियाँ कायम गर्न माग गरेका हुन् । केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धि अनुसार उखुको मूल्य वृद्धि गर्न किसानले माग गरेका छन् ।

कृषि तथा पशुपंछी विकास मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापन पत्रमा उखु किसानहरु घाटा सहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ ।

ज्ञापन पत्र बुझाउन निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राजकुमार उप्रेती, कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेती, एमाले हरिवनका अध्यक्ष सीताराम पोखरेल, ओमबहादुर सुवेदी, विनोद कार्कीलगायत उद्योगमा पुग्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?