अमरावतीको साधारणसभा

Read Time = 1 min

काठमाडौं । अमरावती बहुउद्देश्यीय सहकारी संस्थाको २६औँ साधारणसभा संस्थाका अध्यक्ष रथि कृष्णनारायणसिंह थापाको उपस्थितिमा शनिबार ललितपुरमा सम्पन्न भएको छ ।

संस्थाका सदस्य अधिवक्ता केशवप्रसाद दाहालले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष थापाले संस्थाका सम्पूर्ण गतिविधिबारेमा सेयर सदस्यलाई जानकारी गराउनुभएको थियो ।

सो अवसरमा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक डिआइजी नवराज विष्टले प्रस्तुत गर्नुभएको थियो । अधिकांश सेयर सदस्य पूर्व-सैनिक रहेको संस्था नेपालकै पुराना सहकारीमध्येमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?