हाम्रो विचारमा अस्तित्वको सङ्कट पर्नुको कारण राष्ट्रियताको अभाव हो । यसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक्र चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन् । राष्ट्रिय एकता सम्पूूर्ण जनताको सामूहिक प्रयासबाट हुुने अभियान र कार्यले स्थापित हुुन्छ । यस्तो सामूूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ । कोरा नाराले मात्र हुने भए १६ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले भोग्नुुपर्ने थिएन । आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमुुख हुने प्रवृत्तिको बोलबाला छ । यस्तो अवस्थामा पहिलो हत्या राष्ट्रियता कै हुुन्छ ।
यो २०३३ साल पौष १६ गते विश्वेश्वरप्रसाद कोइरालाले दिएको अभिव्यक्तिको सानो अंशमात्र हो । यही अंशलाई उनले देशवासीका नाममा आफ्नो वक्तव्यद्वारा बाहिर सार्वजनिक गरे । राष्ट्रिय मेलमिलापका सन्दर्भमा अभिव्यक्त गरेका यी अभिव्यक्ति आजको अवस्थामा पनि सार्थक देखिएका छन् ।
आज पनि उनका भनाइले वर्तमान समयको नेपाल र नेपालीलाई घचघच्याउन सफल भएको देखिन्छ । उनले व्यक्त गरेका अभिव्यक्ति भनाइमात्र रहेनन् किनभने उनी दूूरदर्शी थिए । दूूरदर्शी व्यक्तिले राखेका भनाइ जहिले पनि सान्दर्भिक हुने गर्दछन् ।
विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक अवस्था र त्यसले राख्ने महत्व आफ्नै प्रकारको होला ? तर उनको अभिव्यक्ति आजको सन्दर्भमा पनि सान्दर्भिक हुनु कम महत्वको विषय होइन । विश्वेश्वरप्रसाद कोइरालाका अनेक व्यक्तित्वका पाटाहरू होलान् ? उनको व्यक्तित्वका दुुईवटा पाटाहरू सदा व्याख्यायित बनेर आए नेपाल, नेपाली र अन्तर्राष्ट्रिय सन्दर्भमा पनि । ती व्यक्तित्वका सन्दर्भलाई सदा चिनाइरहने पाटो नै उनको देश र जनताप्रतिको समर्पण हो । आज पनि उनका भनाइले वर्तमान समयको नेपाल र नेपालीलाई घचघच्याउन सफल भएको देखिन्छ । उनले व्यक्त गरेका अभिव्यक्ति भनाइमात्र रहेनन् किनभने उनी दूूरदर्शी थिए । दूूरदर्शी व्यक्तिले राखेका भनाइ जहिले पनि सान्दर्भिक हुने गर्दछन् ।
साहित्यको पाटो :
नेपाली साहित्यमा वा आधुनिक नेपाली कथाका क्षेत्रमा विश्वेश्वरप्रसाद कोइरालाले पहिलोपटक चन्द्रवदन कथा लेखे । विसं १९९२ को शारदा पत्रिकामा प्रकाशित यो कथा तत्कालीन समयको पहिलो मनोवैज्ञानिक कथा मानिएको हो । नेपाली कथामा आदर्शको जलप लगाएर यथार्थको पर्दालाई बाहिर ल्याउने गुुरुप्रसाद मैनाली हुन् भने सोही समयमा मानिसका मनमा रहेका भावलाई र तिनले दिने पहिचानको स्वत्व कोइरालाले बाहिर ल्याएका हुन् । त्यसैले उनको साहित्यिक व्यक्तित्व नेपाली साहित्यका लागि एउटा सबल पाटो बनेर बाहिर आएको देखिएको छ । नेपाली साहित्यमा मनोविज्ञान र मानिसको अस्तित्वको पहिचान कोइरालाले बाहिर ल्याएका हुन् साहित्यका माध्यमबाट ।
जेलजीवनमा लेखिएका उनका उपन्यासमा मानिसको जीवनलाई गतिलो तरिकाले उतारिएको छ । मानिसको जीवन अभाव र आवश्यकताको पुुञ्ज हो । अभाव मानसिक पनि हुने गर्दछ । मानसिक अभावले जुुन किसिमको अवस्थालाई बाहिर ल्याउँछ त्यो कहिलेकाँही छताछुुल्ल पनि हुने गरेको हुु्न्छ । कोइराला मानिसका मानसिक छटपटीमा बाहिर आएका छन् उपन्यासका मार्फत । उनका साहित्यको विषय समाज हुन सकेको छैन । सामाजिक साहित्यले समाजका कुरालाई बाहिर ल्याएको हुुन्छ तर मनोवैज्ञानिक साहित्यले मानिसको मनभित्र छिरेर व्यक्तिगत कुुण्ठा र ती कुण्ठासित आउने जीवनको वास्तविक सत्यलाई बाहिर ल्याएको हुुन्छ । मानिस व्यक्तिगत कुुण्ठामा बाँच्ने प्राणी हो । त्यो अभाव उसको कुुनै प्रक्रियाबाट पूूरा हुन सकेन भने उसको जीवनका उकुुसमुुकुस बाहिर आएका हुुन्छन् । त्यही उकुुस मुुकुुसमा मानिस सदा जीवन्त बनेर रहेको हुुन्छ कोइरालाको साहित्यमा ।
कोइराला साहित्यमा सदा मानिसको मनभित्र विचरण गरिरहेका हुुन्छन् । मानिसको जैविक आवश्यकतालाई पूूर्ण गर्न आग्रह पनि । यही आग्रहमा समर्पित छ कोइरालाको् साहित्य । कोइरालाको साहित्यमा समाजको चित्र बाहिर आएको छैन । संस्कृतिको पहिचान र त्यो संस्कृतिमा रम्ने परम्परालाई कोइरालाको साहित्यले बाहिर ल्याएको छ । नेपालको राजनीतिमा प्रधानमन्त्री बनेका कोइराला साहित्य कहिले पनि राजनीतिको बन्धनमा पर्नुुु हुँदैन भन्ने भावनालाई बाहिर ल्याउने व्यक्ति हुन् । व्यक्तिभित्र गुुम्सिएर बसेका र बाहिर आउन बाटो खोजिरहेका मानसिक छटपटी कोइरालाको साहित्यका विषय बनेका छन् । उनका पात्रहरू स्वतन्त्र छन् चयनमा,उनका पात्र बन्धनमा बसेर टुुलुुटुुलुु हेर्न सक्दैनन् । मनभित्रको भडासलाई बाहिर ल्याउँछन् सामाजिक मर्यादा लत्याएर भए पनि ।
कोइराला समाजवादी चिन्तक हुुन । समाजको विकासलाई सदा समर्पित गर्ने उनको साहित्यको मूल पािहचान जीवनको मार्मिक सन्दर्भ बनेर बाहिर आएको हुुन्छ । प्रजातन्त्रको वकालत गरेर मानिसका व्यक्तिगत स्वतन्त्रताको मूूल्य खोज्ने उनको राजनीतिको मूल पाटो साहित्यका पात्रमा देखिएको वैयक्तिक स्वतन्त्रताबाट बाहिर आएको छ । त्यसैले उनको साहित्यिक व्यक्तित्व नेपाली साहित्यको इतिहासमा देखिने भिन्दै, बेग्लै र अलग्गै पक्ष हो । जीवन सङ्गतिले भरिएको छैन । विसङ्गतका पाटाहरूबाट जीवनको मूल्य खोज्नुुपर्दछ भन्ने भावना नै कोइरालाको साहित्यमा देखिएको मूल मान्यता पनि हो । राजनीतिमा जनताको स्वतन्त्रताका निम्ति समर्पित कोइराला साहित्यमा पात्रको स्वतन्त्रताका लागि सदा समर्पित साहित्यकार हुन् ।
मेलमिलापको नीति :
देशमा रहेका राजनीतिक दलका नेताले नीतिको निर्माण देशको आधार र भौगोलिक अवस्थालाई हेरेर गर्ने गरेका हुुन्छन् । राजनीतिको अवस्था र देशको भावनालाई जहिले पनि नीतिले सम्बोधन गरेको हुनु आवश्यक मानिन्छ । तत्कालीन राजा महेन्द्रको महत्वाकाङ्क्षाले जुन अवस्थाको सिर्जना ग¥यो र विश्वेश्वरप्रसाद कोइराला निर्वासिनुु प¥यो त्यो अवस्था राजनीतिको एउटा पाटो थियो । उनी निर्वासित भएपछि पनि उनले नेपालको राजनीति र देशको अखण्डतालाई सदा सम्मान गरे । त्यो अखण्डतामा कहिले पनि आँच आउन दिएनन् । त्यही अखण्डता, सार्वभौमिकता र राष्ट्रियता खतरामा परेको सङ्केत गरेर उनी स्वदेश आए मेलमिलापको नीति लिएर । उनलाई जीवनमा र जीवनका हरेक क्षेत्रमा खतरा भए पनि देश पहिलो आधार हो भन्ने कुरालाई मनन गरे । यही नीतिका आधारमा उनी नेपाल वा आफ्नो देश आएका हुन् ।
राष्ट्रिय सङ्कटको यो घडीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूूत्रमा बाँधिनुु पर्दछ । राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुुनुुपर्छ । मलाई थाहा छैन देशभित्र फर्केर गए पछि म कुुन परिस्थितिमा हुनेछुु ।
योे मेलमिलापको नीतिलाई लिएर स्वदेश फर्कने सन्दर्भमा विश्वेश्वरप्रसाद कोइरालाबाट आएको अभिव्यक्ति हो । कोइरालाको राष्ट्रियता र देशप्रतिको अगाध माया यसरी व्यक्त भएको छ । देशको अवस्था र त्यो अवस्थाले लिने बाटोलाई उनले मेलमिलापका माध्यमबाट सुुल्झाउने प्रयास गरेका छन् । देशमा रहेर र देशको माटोसित समन्वय नगरी मुुलुुकको अवस्था फेरिँदैन भन्ने भावना उनमा देखापरेको थियो । उनलेदेखाएको यो बाटोमा तत्कालीन समयका सबै काङ्ग्रेसका कार्यकर्तादेखि नेतृत्वतहसम्मले मनन गरेको छ । कति सारभूूत अभिव्यक्ति कोइरालाको ।
मेलमिलाप उनका लागि सत्ता आरोहण गर्ने भर्याङ थिएन । न त यो मेलमिलापव्यक्तिगत स्वार्थले प्रेरित नै थियो । उनको यो नीति देशको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतामा पर्दै गएको विदेशी हस्तक्षेपलाई लिएर थियो । समाजवादी चिन्तक, नेपाली र नेपालको सदा उन्नति चाहने चाहनाको थियो । देशको अस्तित्व नै रहेन भने हाम्रो राजनीतिको कुनै मूूल्य छैन भन्ने भावनाले प्रेरित थियो । देशको र देशका जनताको चाहनाको आधार थियो । त्यही आधार नेपाल, नेपाली जनता, देशको अखण्डता, राष्ट्रियतालाई लिएर गरिएको राजनीति थियो । उनको यो नीति आज पनि नेपालको विकास उन्नति र प्रगतिका लागि अनिवार्य छ । देशको अखण्डता बचेर आर्थिक समुुन्नति प्राप्त भएमा मात्र हाम्रो उन्नति हुुने कुुरालाई कोइरालाको मेलमिलापको मूूल मान्यता बनेर आएको छ ।
सत्तास्वार्थमा निरन्तर लागिरहने, आफूू र आफ्ना बाहेकको चिन्ता नलिने नीतिलाई कहिले पनि कोइरालाले स्वीकार गरेनन् । कोइरालाको मेलमिलापको नीति तत्कालीन नेपाली कांग्रेस र राजतन्त्रका सन्दर्भमा थियो भने आज सबैले यो नीति अवलम्बन गर्नुपर्ने आवश्यकता देखापरेको छ । यो नीतिमा रहेर अहिलेका सत्तासीन र सत्ताबाहिर रहेका राजनीति दल एकसूूत्रमा बाँधिए भने देशले काँचुुली फेर्ने कुुरालाई नकार्न सकिँदैन । सत्ताको स्वाद आफू, आफन्त, चाकरीबाज र गुुणगान गाउने भाटहरूले मात्र चाख्ने अवस्था आएमा देशको अवस्था कमजोर हुने कुरालाई नकार्न सकिँदैन । देशको सार्वभौमसत्ता र अखण्डताका लागि विश्वेश्वर कोइरालाले कसैसित सम्झौता गरेनन् । आज नेपाली काङ्गे्रस उनले चाहेको जस्तो छैन ।
आजको काङ्गे्रस सत्तालाई सर्वोपरि मानेर गतिशील भएको छ । आजको काङ्गे्रस बुुद्धि, विवेक र नीतिको खडेरीमा बाँचेको छ । बौद्धिकवर्गको मानमर्दन गरेर, इमानदार कार्यकर्तालाई पाखा लगाएर, आफ्नो वरिपरि घुुम्ने कोठरीका मान्छेलाई विश्वास गरेर चलिरहेको छ ।
आफूलाई सत्तारोहण गर्न र आसेपासेलाई सुुम्पन आम निर्वाचनमा कम्युुनिष्टलाई मतदान गर्न आग्रह गर्ने अवस्थामा पुुगेको छ । काङ्गे्रससँग कोइरालाको विचार, चिन्तन र दर्शन थियो । त्यो चिन्तनमा कांग्रेस कहिले पनि हिँडन चाहेन । कोइरालाले व्याख्या गरेको समाजवादी नीतिलाई अवलम्बन गर्न सकेन । त्यो समयमा उनीसित अन्तर्राष्ट्रिय शक्तिकेन्द्र बनेका देशहरू, तत्कालीन राजाहरूसजग भएर कदम चाल्थे । आजको काङ्गे्रस त्यो रहने । आजको काङ्गे्रस आफ्नो र परायमा विश्वास गर्दैन ।
आजको कांग्रेस सत्तालाई सर्वोपरि मानेर गतिशील भएको छ । आजको काङ्गे्रस बुुद्धि, विवेक र नीतिको खडेरीमा बाँचेको छ । बौद्धिकवर्गको मानमर्दन गरेर, इमानदार कार्यकर्तालाई पाखा लगाएर, आफ्नो वरिपरि घुुम्ने कोठरीका मान्छेलाई विश्वास गरेर चलिरहेको छ । काङ्ग्रेसले प्रवाह गर्ने नीति र कार्यक्रम नेपाल र नेपालीका बनूून, उसले चाल्ने कदम देशको उन्नति र विकासका लागि होस् । उसलाई समर्थन गर्ने र मतदान गर्ने नेपालीले अमनचयनको सास फेरून् । नेपाल र नेपालीको सदा उन्नति र प्रगति चाहेर देशको अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियताका लागि कतै सम्झौता गर्ने खालको नहोस् भन्दै मेलमिलाप दिवसका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछुु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच