सुन्तलीको निर्देशनमा ‘मै राम्री’

Read Time = 1 min

काठमाडौं । कलाकार तथा समाजसेवी कुञ्जना घिमिरे (सुन्तली)ले निर्देशन गरेको सामाजिक विषयवस्तुमा आधारित वेब सिरिज ‘मै राम्री’ सार्वजनिक भएको छ । यो सिरिज ‘धुर्मुस-सुन्तली’ युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

सिरिजमा विशेषगरी बालबालिका र युवाहरूमा विभिन्न विषयले आउने उतारचढावलाई मुख्य विषय बनाइएको छ । शुभबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बू, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईको अभिनय छ । यस्तै, बालकलाकार दिभान्शी बैदवार र अभ्निशा महर्जन हुनुहुन्छ ।

राहुल राईको छायांकन रहेकोे यो वेब सिरिजलाई सन्तोष क्षेत्री र रविन भट्टले सम्पादन गर्नुभएको हो भने कथा सन्देश अर्यालको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?