✍️ सुशीला घिमिरे
जीवन सुवेदी निजामती कर्मचारीबाट सेवानिवृत्त व्यक्ति हुनुहुन्छ । साहित्यमा पनि उहाँको अग्रणी स्थान छ । उहाँले आध्यात्मिक लेखनमा समेत रुचि राख्ने गर्नुभएको छ । उहाँले श्रीमद्भगवत् गीताको नेपाली लोकलयमा अनुवाद गर्नुभएको छ । यसका साथै उहाँ साहित्यका हाइकु, टंका (तान्का), मुक्तक, कविता, निबन्धलगायत विधाहरूमा कलम चलाउँदै आउनुभएको छ । यिनैमध्येको एक हो उहाँको कवितासंग्रह ‘आहृवान’ ।
यस कवितासंग्रहको प्रकाशिका श्रीमती सुमित्रा सुवेदी रहनुभएको छ । उहाँको यो कवितासंग्रह गद्य, पद्य र गीति लयका कविताहरूको मिश्रित प्रस्तुति हो । यसको सर्वाधिकार कविमै सुरक्षित रहेको छ । न्यू सन्देश प्रिन्टर्समा मुद्रण भएको यस पुस्तकमा भूमिका खण्डमा ६ र पाठ्य खण्डमा ६१ गरी जम्मा ६७ पृष्ठ रहेका छन् । यस पुस्तकको मूल्य १०० रुपैयाँ छ । पुस्तकको आवरण सुन्दर छ । राम्रो आकर्षक कागजमा तयार पारिएको आवरणमा गाढा नीलो र कालो रङको प्रयोग गरिएको छ र पुस्तकको शीर्षकसँग मेल खाने गरी मानिसका केही हातहरू एकीकृत भइरहेको देखाइएको छ । पुस्तकमा पहेंलो हलुका कागतको प्रयोग भएको छ । डिएमआई आकारमा छापिएको यस पुस्तकमा अशुद्धि कमै मात्र पाइन्छन् ।
पृष्ठ आवरणमा फोटोसहित कविको चिनारी दिइएको छ । जसअनुसार उहाँ श्रीराम सुवेदी र नानीकान्छी सुवेदीको सुपुत्र हुनुहुन्छ भन्ने थाहा हुन्छ । स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएका सुवेदीले नेपाल सरकारका विभिन्न कार्यालयमा सेवा गर्नुभएको र पछिल्लो चरणमा महालेखा परीक्षकको कार्यालयमा सेवा गर्नुभएको समेत जानकारी यहाँ उल्लेख भएको छ । उहाँका विभिन्न विधाका केही पुस्तक तथा विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित भएका छन् । यही पृष्ठमा उहाँले भ्रमण गर्नु भएका देशहरूको नाम पनि दिइएको छ । भूमिका खण्डमा कवि सुवेदीको ‘जे सम्झनु भयो त्यही भनेको !’ शीर्षकमा उहाँको विचार प्रस्तुत भएको छ । त्यसपछि विषयसूची दिइएको छ । यसबाट यस संग्रहमा ३८ वटा कविता रहेको थाहा हुन्छ । यहाँका कविताहरूमध्ये एक शब्दका १३ वटा, दुई शब्दका १४ वटा, तीन शब्दका आठवटा र चार शब्दका तीनवटा शीर्षक भएका कविता छन् ।
कविताले लाक्षणिक भाव खोज्छ । बाहिर हेर्दा कुनै केही कुराको वर्णन गरेको जस्तो देखिन्छ र त्यसको भित्री र मूल अर्थ भने अर्कै हुन्छ । यहाँका कवितामा यस्तो लाक्षणिक भाव पनि समावेश गरिएको पाइन्छ । विभिन्न प्रतीक र बिम्बहरूसमेत कवितामा प्रयोग भएका छन् ।
यसबाट उहाँको सामान्यतया छोटो शीर्षक राख्ने प्रवृत्ति रहेको देखिन आउँछ । उहाँका यस संग्रहमा संगृहीत कविताहरूमध्ये केहीलाई लघुकविता भन्न सन्किन्छ । साना, छोटा, पद्यका एक श्लोकका र गद्यका पनि निकै छोटा कविता समावेश छन् । यहाँका एक–दुईवटा कविताहरूबाहेक धेरैजसो कविता छोटा छन् । केही कविता मझौला आयामका छन् । यससंग्रहका कविताहरू अग्रजहरूप्रतिको श्रद्धा, प्रकृति चित्रण, जन्मभूमिको सम्झना र सम्मान, जीवन जगत, मृत्युको यथार्थता, प्रेमप्रणय, असल मानिसको प्रशंसा, हाम्रा रीतिसंस्कृति र पर्वको सम्झना, राष्ट्रियता आदिलाई विषया बनाएर लेखिएका छन् । यसबाट कवि सुवेदी विविध विषय केलाएर तिनलाई आफ्नो लेखनका समावेश गरी कविता लेख्न सक्ने कविका रूपमा दलेखिनु भएको छ । कवितामा श्रीमान् श्रीमती वा केटा र केटीले संवाद गरेको शैली पनि अपनाइएको पाइन्छ । गीतिशैलीले कवितामा मिठासता थपेको समेत पाइन्छ ।
कविताले लाक्षणिक भाव खोज्छ । बाहिर हेर्दा कुनै केही कुराको वर्णन गरेको जस्तो देखिन्छ र त्यसको भित्री र मूल अर्थ भने अर्कै हुन्छ । यहाँका कवितामा यस्तो लाक्षणिक भाव पनि समावेश गरिएको पाइन्छ । विभिन्न प्रतीक र बिम्बहरूसमेत कवितामा प्रयोग भएका छन् । छन्द, भाव, अलंकारसहित लेखिएका कविता भएका कारण कविले कविताको मर्म बुझेर लेख्नुभएका कविता यस पुस्तकमा समेटिएका छन् । उहाँको शीर्ष कविता ‘आहृवान’ यस पुस्तको अन्त्यमा वा ३८औं क्रममा छ । पुस्तकका लागि कवि सुवेदीलाई बधाई तथा उहाँको साहित्यिक यात्राको निरन्तरताका लागि हार्दिक शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच