स्पन्दन विनोदको ‘मुटुभित्र देश छ’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । केही समयअघिमात्र सार्वजनिक गरिएको चर्चित गीत ‘चोखोमाया’ गीतका गीतकार तथा कलाकार स्पन्दन विनोदको राष्ट्रिय भावले भरिएको गीत ‘मुटुभित्र देश छ’ को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपालबाहिर रहेर पनि सक्रिय साहित्यकारको छुट्टै छवि बनाउन सफल स्पन्दन विनोदको उक्त लिरिकल म्युजिक भिडियो आफ्नै युट्युब च्यानल ‘स्पन्दन विनोद’मार्फत सार्वजनिक गरिएको हो ।

गीतले स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको भावना बोलेको छ । विशेषतः विभिन्न बाध्यात्मक परिस्थितिका कारण आफ्नो देश छोडेर विदेशिएका नेपालीहरूले आफू जहाँ गए पनि आफ्नो देशसँगै आफ्नो भाषा-साहित्य, कला, संस्कृतिसहितको नेपाली पहिचानलाई मुटुभित्र बोकेर हिँडेका हुन्छन् भन्ने मार्मिक अभिव्यक्ति सशक्त रूपमा प्रस्तुत गरिएको छ ।

यो गीत जनजनको प्रिय ढुकढुकी बन्ने स्पन्दन विनोदको विश्वास रहेको बताएका छन् । कमल अधिकारीको संगीत संयोजन रहेको उक्त गीतमा पूजन मिश्रले स्वर दिएकी छन् । उक्त लिरिकल म्युजिक भिडियो ओमप्रकाश अवस्थीको सम्पादनमा तयार पारिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?