नेपाल बैंकको ६३ औँ वार्षिक साधारणसभा

Read Time = 2 mins

काठमाडौं । नेपाल बैंकको ६३ औँ वार्षिक साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७९ असार मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/०७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूची पारित गरेको छ ।

साथै साधारणसभाले हालको चुक्ता पुँजी १४ अर्ब ४० करोड ५९ लाख चार हजार ८३१.३० रुपैयाँको दुई प्रतिशतका दरले हुन आउने २८ करोड ८१ लाख १८ हजार ९६.६३ रुपैयाँ रकम बराबरको बोनस सेयर र चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने एक अर्ब ४४ करोड पाँच लाख ९० हजार ४८३.१३ रुपैयाँ नगद लाभांश वितरण प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार ९२७.९० कायम गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्तावसमेत पारित भएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?