प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ

Read Time = 1 min

काठमाडौं । प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभामार्फत् संस्थापक सेयरधनीतर्फबाट तीन सञ्चालक पदमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य तथा सर्वसाधारण सेयरधनीतर्फबाट दुई सञ्चालकमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित हुनुभएको छ ।

साधारणसभापछि शुक्रबार बसेको सञ्चालक समितिको ४५९औँ बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मत सञ्चालक समिति अध्यक्षमा चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?