बजेटरी सहायता बढाउन विश्व बैंकलाई आग्रह

Read Time = 2 mins

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गर्नुभएको छ । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले बजेटरी सहायताको दायरा बढाउन आग्रह गर्नुभएको हो ।

अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा विश्व बैंकबाट बजेटरी सहायता प्राप्त हुने गरी विनियोजन भई प्राप्तिका लागि आवश्यक पूर्वकार्य पूरा गर्न अर्थ मन्त्रालयले प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । विश्व बैंकको सहायतामा सञ्चालित आयोजनामा देखिएका समस्याका कारण पहिचान गरी समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले कमजोरी र गुनासा नआओस् भन्नेतर्फ ध्यान दिएको बताउनुभयो ।

विभिन्न क्षेत्रमा विश्व बैंकले गरेको सहयोगको प्रशंसा गर्दै अर्थमन्त्री पौडेलले माथिल्लो अरुण, ग्रामीण सडकलगायतका आयोजना नेपालको प्राथमिकतामा रहेको जानकारी गराउनुभयो । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थमन्त्री पौडेलको कार्यशैलीप्रति आफू जानकार र प्रभावित रहेको उल्लेख गर्दै विश्व बैंकको सहायतामा सञ्चालित आयोजना प्राथमिकतामा पर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्व बैंकको सहायतामा सञ्चालित आयोजनामा देखापरेका समस्या समाधानका लागि सहजीकरण गर्न पनि आग्रह गर्नुभएको अर्थ मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?