शारदा क्षेत्रीको ‘आफ्नै भए पनि’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गायिका शारदा क्षेत्री ‘आफ्नै भए पनि’ गीत लिएर श्रोता-दर्शकमाझ आउनुभएको छ । शारदाको मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । साहित्यकार कृष्ण अविरलका शब्द, संगीतकार तथा तबलाबादक जीवन राईको संगीत तथा एरेञ्ज रहेको गीत सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ । सार्वजनिक गीत गायिका क्षेत्रीको ‘लय’ एल्बममा समावेश छ । जसमा ६ वटा गीत छन् ।

मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियोमा एक प्रेमील जोडीको प्रेम र विरहको गाथालाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । भिडियोमा सन्दीप लामिछाने र सीता पौडेलको अभिनय देख्न सकिन्छ । सन्दीप र सीता वास्तविक जीवनकै जोडी हुनुहुन्छ । उहाँहरूले ‘आधा सपना’ नामक लघु चलचित्रसहित केही गीतका भिडियोमा अभिनय गर्नुभएको छ । निर्देशक तुलाकै छायांकन र सम्पादन रहेको सार्वजनिक भिडियो वाइड स्क्रिन मिडियामार्फत श्रोता-दर्शकमाझ ल्याएको हो ।

शास्त्रीय संगीतकी गायिका शारदा क्षेत्री संगीत प्रशिक्षक तथा शिक्षिका हुनुहुन्छ । उहाँले करिब तीन दशकदेखि यस क्षेत्रमा हुनुहुन्छ । शारदाका यसअघि ‘अल्झिएर लड्न लाग्दा’, ‘घायल भावना’लगायतका गीत चर्चित छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?