सेयर बजार ७.१३ अंकले घट्यो

Read Time = 1 min

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा आएर रोकिएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८७ अंकले घटेर ४१४ बिन्दुमा पुगेको छ । बुधबार नेप्सेमा कूल २५७ कम्पनीको एक करोड ५ लाख २ हजार ६४९ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६९ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

कारोबारको आधारमा नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा छ। यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ। दोस्रोमा अपी पावर कम्पनी र नगदी ग्रुप पावर कम्पनी तेस्रो स्थानमा कारोबार भएको छ।

कारोबारमा तेह्रथुम पावर र धौलागीरी लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ३ प्रतिशतले बढेको छ । बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?