दरबारमार्गमा अरबियन रेष्टुरेन्ट

Read Time = 2 mins

काठमाडौ । अरबियन परिकारसमेतका लागि काठमाडौंको दरबारमार्गमा ‘द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ’ सञ्चालनमा आएको छ । एक करोडभन्दा बढीको लगानीमा स्थापना भएको रेस्टुराँमा शतप्रतिशत हलाल परिकार स्वाद लिन सकिनेछ । शुक्रबार नायक नाजिर हुसेनले द ब्ल्याक गोल्ड हलाल रेस्टुराँ उद्घाटन गर्नुभएको हो ।

द ब्ल्याक गोल्ड म्यानेजमेन्ट टिमअन्तर्गतको प्रेस्टिजिओ होल्डिङ्सले सुरुवात गरेको द ब्ल्याक गोल्ड हलाल रेस्टुराँको सजावट अरेबिक शैलीमा रहेको छ । रेष्टुरेन्टमा अरेबिक सोफामा बसेर विभिन्न अरेबिक परिकारका साथै विशेष इण्डियन परिकारको स्वाद लिने रहर पूरा गर्न सकिने सञ्चालकको भनाइ छ । एक सयभन्दा बढी अरेबिक परिकारका साथमा इण्डियन परिकार रहने बताइएको छ ।

साउदी अरेबियालगायत विभिन्न खाडी म्ुलुकबाट फर्किएका ११ जना नेपाली व्यवसायीको समूहले सुरूवात गरेको रेस्टुराँले होम डेलिभरीसमेत प्रदान गर्नेछ । रेष्टुराँमा मिटिङ हलसमेत रहेका छन् । रेस्टुराँले १८ जनालाई रोजगारी दिएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?