नमिताको ‘परिचय १ एउटा कथा’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । गीतकार नमिता दवाडीको ‘परिचय १ एउटा कथा’ बोलको गीत सार्वजनिक भएको छ । प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेञ्ज छ । भिडियोले पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगीहरूको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ ।

समाजमा तेस्रो लिंगीहरूले भोग्नुपरेको पीडा र हेयको दृष्टिमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरूले समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनुपर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउनुहुन्छ ।

प्रकाश धितालको निर्देशन रहेको भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन उत्सव दाहालले गर्नुभएको हो भने सम्पादन विकास दाहालको छ ।

हाल न्यूजल्याण्डमा रहनुभएकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उहाँको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ प्रकाशित छ । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलमार्फत बजारमा आएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?