इञ्जिनियरिङ विद्यार्थीलाई एनसेलको सम्मान

Read Time = 2 mins

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७९ प्रदान गरेको छ । व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको हो । एनसेलले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ संकायमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार विभिन्न १८ शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङका १८ विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको हो । साथै उत्कृष्ट नतिजा ल्याई उल्लेखित पाँच संकायबाट स्नातक उत्तीर्ण छजना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।

पुल्चोक क्याम्पसका क्याम्पस चिफ एसोसियट प्राडा इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरूपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा एनसेलका चिफ टेक्निकल एण्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल इस्रार, कर्पोरेट कम्युनिकेसन्स एण्ड सिएसआर प्रमुख विशाखालक्ष्मी खड्काले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गर्नुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?