प्रेस सेन्टर नेपाल सर्लाहीको विशेष अधिवेशन संपन्न

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको बागमतीमा सुरु भएको प्रेस सेन्टर नेपाल, सर्लाहीको विशेष जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले श्रवण थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धयमा क्षितिज विश्वकर्मा, सर्मिला रमौली मगर, सचिव राधेश्याम कुशवाह र सह–सचिवद्धयमा सलिना मगर, जितेन्द्र कुशवाह चयन भएको छ ।

त्यसैगरि कोषाध्यक्षमा राजेश पाठक, सदस्यहरुमा चन्द्रबहादुर जिम्वा, शिवकुमार कुशवाह, हरि निरौला, मंन्दिरा लामिछाने चयन हुनुभएको छ ।

त्यस्तै, जितेश यादव, अविशेष यादव, अनिता साह पनि सदस्यमा निर्वाचित भएको प्रेस सेन्टर नेपाल, सर्लाहीले जनाएको छ ।

सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ नेकपा (माओवादी केन्द) का पोलिटव्यूरो सदस्य उच्युतम काफ्लेले दलिय राजनीति वातावरणमा नेपाली प्रेस विभाजित हुनु स्वभाविक भएपनि प्रेसले मुलुक र जनताको पक्षमा कलम चलाउनुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली समाजले सवैभन्दा वढी विश्वास गर्ने प्रेस जगत नै हो, पत्रकारको आचरण खराव भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने छ ।’

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटाले सर्लाहीका पूर्वअध्यक्ष शंकर पहाडीले संगठनको हीत विपरित क्रियाकलापमा लिप्त भएकोले पहाडीको नेतृत्वको प्रेस सेन्टर नेपाल, सर्लाही जिल्ला समिति भंग गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?