‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण हुने

Read Time = 1 min

काठमाडौं । ‘ओएस नेपाल म्युजिक अवार्ड’को चौथो संस्करण हुनेभएको छ । विगतका संस्करण सफलता पूर्वक सम्पन्न भएको यस अवार्डको चौथो संस्करणका लागि आवेदन खुला गरिएको हो ।

आयोजकले एक विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुला भएको जानकारी गराएको छ । गीतसंगीतिक श्रष्टाहरूको सिर्जनालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डमा लोकदोहोरी, पप, आधुनिक, आधुनिक पप, देउडा, काठेलगायत गीतसंगीतका ६१ विधा समावेश गरिएको छ ।

अवार्डमा २०७८ वैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीतसंगीतले सहभागिता जनाउन सक्ने जनाइएको छ । ओएस नेपालको कार्यालय वा अनलाइनबाट पनि फारम भर्न सकिने अवार्डको मिति र जुरी केही समयपछि सार्वजनिक गर्ने आयोजकले उल्लेख गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?