एसबिआईलाई सीता प्यालेस होटलमा छुट

Read Time = 1 min

काठमाडौं । नेपाल एसबिआई बैंक र सर्लाहीको बागमतीस्थित सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इन प्रालि हरिवनबीच सम्झौता भएको छ । एसबिआईका भिसा डेबिट कार्डबाहक ग्राहकलाई लक्षित गरी सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इन प्रालिमा कार्ड प्रयोगबापत विभिन्न सेवामा पाँच प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतामा बैंकका मधेश प्रदेश प्रमुख लेखनाथ पोखरेल तथा सीता प्यालेस होटल तथा सीता प्यालेस होलिडे इनका प्रबन्ध निर्देशक विनोदप्रसाद मैनालीले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?