ओलीले दिए नेपाली क्रिकेट टिमलाई जितको शुभकामना, प्रधानमन्त्री खेल हेर्न मैदानमा

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिनुभएको छ ।

ओलीले ट्वीट गर्दै उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि क्रिकेट टिमलाई शुभकामना दिनुभएको हो ।

खेल सुरु हुनु अघि सामाजिक सञ्जालमा ओलीले लेख्नुभएको छ, मलाई आजको दिनको प्रतिक्षा अस्तिदेखि नै थियो । उच्च आत्मबलका साथ नेपाललाई विश्वकपमा प्रवेश गराउने सफलताको लागि नेपाली क्रिकेट टिमलाई शुभकामना । राष्ट्र तपाईंहरुको साथमा छ, म तपाईंहरुको साथमा छु ।

त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङ गर्दैछ ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको त्रिवि मैदान पुग्नुभएको छ । नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?