फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड हुने

Read Time = 3 mins

काठमाडौं । ‘फिल्म तथा बहुभाषिक म्युजिक भिडियो अवार्ड २०२३’ हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार भेटघाटको आयोजनागरी यो अवार्डको जानकारी गराइएको हो । केटिएम अनलाईन टेलिभिजन तथा सांगेन कम्पनी लिमिटेडका अध्यक्ष दिपजोन गुरुङको संयुक्त आयोजनामा हुने यस अवार्डमा नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोअन्तर्गत बहुविधामा पुरस्कार दिने, अग्रज कलाकारलाई सम्मान गर्ने र नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको आयोजकले जानकारी गराएको छ ।

नेपाली चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको अवलोकन पश्चात छनौट भएका कलाकारलाई नाकानो कु, नाकानो २-९-७ टु १६४-००१ टोकयो जापानमा पुरस्कृत गरिने बताइएको छ । उक्त कार्यक्रममा अग्रज कलाकारलाई सम्मान गरिनुका साथै नेपाली तथा जापानी लोक संस्कृतिसम्बन्धी सांस्कृतिक कार्यक्रम हुने आयोजकको भनाइ छ ।

अवार्ड आयोजक टिममा राजेन्द्र केसी, सरस्वती थापा ‘साहरा’, रिसप घिमिरे, डा.भक्त राई र अनिलकुमार अधिकारी रहनुभएको छ । नेपाल तथा जापानको संयुक्त संस्कृतिक कार्यक्रमको प्रस्तुतिसहित २०८० वैशाख ३० गते तदनुसार १३ मई २०२३ का दिन जापानमा कार्यक्रम हुने बताइएको छ ।

अभिनेता कृष्ण मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व अभिनेता बिशाल बिष्टले गर्नुभएको थियो भने अतिथिहरूमा अभिनेता पुरन जोशी, धीरेन शाक्य, रमेश उप्रेती, सविन श्रेष्ठ, प्रवण भुसाल, हाँस्य कलाकार उत्तम केसी, चलचित्र कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, कलाकार कृष्ण सिवाकोटी, धर्मेन्द्र आचार्यलगायत रहनुभएको थियो । उहाँहरूले अवार्ड कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?