सिटीको सानदार जित

Read Time = 3 mins

लण्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा साउथहृयाम्टनमाथि ४-१ को सानदार जित हात पारेको छ । सिटीको जितमा एर्लिङ ब्राउट हालाण्डले दुई तथा ज्याक ग्रेलिस र जुलियन अल्भारेजले समान एक-एक गोल गर्नुभयो । साउथहृयाम्पनका सेकोउ माराले एक गोल फर्काउनुभयो ।

पहिलो हाफको ४५औँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभयो । ५८औँ मिनेटमा ज्याक ग्रेलिसले दोस्रो गोल गर्नुभयो । ६८औँ मिनेटमा हालाण्डले तेस्रो गोल गर्दा सिटी सहज जिततर्फ अघि बढ्यो । ७२औँ मिनेटमा सेकोउ माराले एक गोल फर्काउनुभयो । ७५औँ मिनेटमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई जित दिलाउनुभयो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी ६ मा छोट्याएको छ । सिटीको २९ खेलबाट ६७ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ७२ अंक छ । पराजित साउथहृयाम्टन २३ अंक जोडेर पुछारमा छ ।

यता फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मनले नाइसमाथि २-० को सहज जित निकाल्यो । पिएसजीको जितमा लियोनल मेस्सीले एक तथा सर्जियो रामोसले अर्को गोल गर्नुभयो । खेलको २६औँ मिनेटमा मेस्सीको गोलबाट पिएसजीले अग्रता लियो । ७६औँ मिनेटमा डिफेन्डर रामोसले गोल गर्दै पिएसजीलाई जित दिलाउनुभयो ।

पिएसजीसँगको हारसँगै नाइसको १५औँ खेलमा अपराजित यात्रामा पूर्णविराम लागेको छ । ७ जनवरी २०२३ मा कप डी फ्रान्समा पुईसँग १-० ले पराजित भएयता नाइस १४ खेलसम्म अपराजित रहेको थियो । जसमा ८ जित र ६ बराबरीको नतिजा रहेको थियो ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता कायम गरेको छ । पिएसजीको ३० खेलबाट ६९ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको लेन्सको ६३ अंक छ । पराजित नाइस ४५ अंक जोडेर आठौँ स्थानमा छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?